ललितपुरको साझा पेट्रोल पम्पभित्र आगलागी, ‘ठूलो क्षति हुनबाट जोगियो’

सेयर गर्नुहोस

ललितपुर – ललितपुरको पुल्चोकमा रहेको साझा पेट्रोल पम्पभित्र ट्याङ्करमा आगलागी भएको छ । आगो लाग्नेबित्तिकै ललितपुरको दमकल पुगेर आगो निभाएको छ ।

इन्धन अनलोड गर्ने क्रममा ट्याङ्करमा आगो लागेको थियो । आगो तत्कालै निभाइएकाले ठूलो क्षति हुनबाट जोगिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

आगलागीका कारण पम्पमा तेल हाल्न पुगेका एक जना ग्राहक सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

Facebook Comments Box