यशोधरा र मायादेबीमा मानसिक स्वास्थ्य परियोजना संचालन

सेयर गर्नुहोस

कपिलवस्तु-कपिलवस्तुको २ पालिकामा मानसिक स्वास्थ्य परयोजना सचालन गरिएको छ । युएनएमको सहयोगमा दलित सामाजिक विकास केन्द्रको अगुवाईमा मायादेबी र यशोधरा गाउपालिकामा मानसिक स्वास्थ्य समस्याको रोकथाम र ब्यवस्थापनमा सथनीय क्षमता अभिबृद्धि परियोजना संचालन गरिएको हो ।

परियोजनाका बिषयमा तौलिहवा आयोजित परिचयात्मक कार्यक्रममा सो जानकारी गराइएको हो । परियोजना संयोजक निर्मला सिंहले १० हजार ५५७ जना लावांति हुन अनुमान गरिएको बताईन । उनले परियोजनाले खासगरी बौद्धिक र मनो सामाजिक अपांगता भएकाहरुलाई लीषत गरी कार्यक्रम अघि बढाइएको उनले बताईन ।

युुएमएनले सन २०१७ मा गरको अध्यययन अनुसार अपांगता भएका ब्यक्तिहरुको ५ प्रतिशत मात्र पुर्न स्थापना गरिएको र ४० प्रतिशत बढी सामुदायिक क्रियाकलापबाट बंचित रहेको भेटिएको थियो ।

मनोसामाजिक समस्याबाट ग्रसित रहेकोहरुलाई परामर्श सहितको  उपचार  सेवाको पहुच बढाउन यो परियोजना संचालन गरिएको हो । उनले मनोसामाजिक समस्यालाई न्युनकरणकालागि परामर्श सेवा दिनेर आवश्यक उपचारकालागि समेत छनौट गर्ने गरी कार्यक्रम अघि बढाइएको सिंहले बताईन । लाभग्राहीको क्षमता अभिबृद्धि र समुदायमा अर्थपुर्ण सहभागीताकालागि यो परियोजना सहयोगस् हुनेछ ।

सो अवसरमा यशोधरा गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र मिश्राले यो परियोनालाई सरकारी तथ्यांकसंग जोडने गरी काम अघि बढाउनु पर्ने बताए । उनले आफना पालिकामा समेत मनोसामाजिक समस्या भएका धेरै मानिसहरु रहेकोले उनीहरुलाई परामर्श र उपचारको सेवा आवश्यक रहेको उनले बताए । यस्तै मायादेबी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले कोरोना पछि देश मै मानसिक रोगीहरुको संख्या बढेको भन्दै यसलाइृ दीर्घकालीनरुपमा अघि बढाउनु पर्ने बताए ।

उनले यसलाई प्रभावकारीढंगले अघि बढाउनु पर्ने बताए । सो अवसरमा संस्थाका कार्यकारी निर्देशक रामशरण रैदासले आफनो संसथाका बिषमया जानकारी दिदै आफुहरुले ३ बर्र्षैे योजा सहीत प्रस्तावना पेश गरे पनि एक बर्षकालागि मात्र स्विकृत भएको बताए । उनले यो परियोजनाले मानसिक समस्याबाट ग्रीसत भएकाहरुलाई परापर्श दिने र आवश्यक परेमा उपचारकालागि समेत सिफारिस गरिनेछ । उनले लाभग्राहीलाई जीवनयापना समेत सहयोग हुने गरी कार्यक्रम अघि बढाईनेछ ।

सस्थाक अध्यक्ष संजय कुमार कोरीको अध्यक्षता, सचिव बिश्राम कोरीको संचालनमा भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष प्रबीण श्रीवास्तव, यशोधरा गाउपाकिला सामाजिक विकास अधिकृत कृष्ण पाण्डेय, मायादेबी गाउपाकिला सामाजिक विकास अधिकृत बैतुलाह धुनिया लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

Facebook Comments Box