अमन चयनको कामना गर्दै नेपालमा बकरइद मनाइदै
सनिउल्ला धोबी,कपिलवस्तु भाद्र १७
इस्लाम धर्मावलम्बीको महान पर्व बकर इद (इदुल अज्ह) आज देखि सुरु भएको छ । कपिलस्तुका मुस्लीमहरु नेपालमा अमन चयन शान्ती कायम होस भन्द्र आल्लाह सग दुवा प्रथान गरी मनाइरहेका छन । मुस्लीमहरु आज विहानै नुहाई सफा भई इदगाहमा नमाज पढने क्रममा आल्लाहसग नेपाल शान्तीको कामना गर्दै इद मनाईरहेका छन । कपिलवस्तुको चन्द्रौटाm बहादुरगन्ज, महाराजगन्ज कृष्णनगर, तौलिहवा लगायतका स्थानमा मुस्लीमहरुले नेपाल शान्तीका कामना गर्दे विहान साढे सात बजे मुस्लीमहरुले नमाज पढेको मौलाना कमरुदिन शेख सिद्धिकीले जानकारी दिनुभयो । तीन दिनसम्म मनाइने यो पर्व इस्लाम धर्मावलम्बीले नया वर्षका रूपमा पनि मनाउने प्रचलन छ । मुस्लिम धर्मावलम्बीहरुले इस्लामी क्यालेण्डर अनुसार १४३८ हिजरीसालको अन्तिम महिना जिलहिजाको १० तारिखका दिन यो पर्व विश्वभरिमनाउने गरिएको कपिलवस्तुका रहिश शाहले बताउनुभयो । नेपाल सरकारले यस पर्वलाई पनि राष्ट्रिय पर्वको मान्यता दिई यो वर्ष आइतवार सार्वजनिक बिदा दिएको छ । खाडी
मुलुकमा शुक्रबार देखी नै बकरइद मनाउना सुरु गरिएको छ ।
बकरइदको इतिहास….
इस्लामिक धार्मिक ग्रन्थ कुरानमा उल्लेख भए अनुसार पैगम्बर हजरत इब्राहिमलाई सपनामा अल्लाहले आफ्नो सबैभन्दा प्यारो चिजलाई अल्लाहको नाममा
कुर्वानी गर्ने आदेश दिनुभयो । अल्लाहको आदेशलाई स्वीकार्दै हजरतले
संसारको सबैभन्दा प्यारो चीज आफ्नो छोरा इस्माइल अलैयाहिस्सलामलाई
कुर्वानी दिने निर्णय गर्नुभयो । कुर्वानी दिने निर्णयमा छोरा सहमत हँुदैन
भन्ने डरले हजरतले यो कुरा छोरोलाई बताउनुभएन ।
छोरोलाई कुर्वानी दिन गाउ बाहिर लैजाने क्रममा अदृश्य आवाजले छोरो
इस्माइललाई “तिम्रो बुबाले तिमीलाई अल्लाहको नाममा कुर्वानी दिन
लैजाँदैछ” भन्ने जानकारी दियो । त्यसपछि छोराले “अल्लाहको नाममा कुर्वानी
हुनुभन्दा राम्रो काम दुनियाँमा केही पनि छैन, अल्लाहको नाममा मलाई
कुर्वानी दिने निर्णय गरेर तपाईँले ठीक गर्नुभयो” भन्दै बुबा हजरतलाई
भन्नुभयो ।
“मलाई कुर्वानी दिने क्रममा तपाईँको हात नकामोस त्यसका लागि तपाईले
त्यसबेला आँखामा पट्टी बाँध्नुहोला”, छोरा इस्माइलले बुबा हजरतलाई फेरि
भन्नुभयो । कुरान अनुसार हजरतले छोराको घाँटीमाथि चक्कू चलाएको बेला
मानिसको सट्टा बाख्राको आवाज सुनियो र छोरा इस्माइल केही पर सकुशल खडा
थियो । सोही दिनको सम्झनामा विश्वभरिका इस्लाम धर्मावलम्बीले बकर इद इदुल
अज्हा मनाउने गरेको विश्वास गर्ने गरिन्छ ।
“कुर्वानीका दिन बिहानै नित्य कार्य गरी खल्ला मैदानमा गई नमाज पढ्नुपर्दछ,
त्यसपछि घर फर्की कुर्वानी दिने गरिन्छ”, यस पर्वमा स्वस्थ बोका, बाख्रा,
भेँडा, राँगा, गाई, भैँसी, उँटको कुर्वानी दिने गरिन्छ ।” नेपालमा खासगरी
खसी, बोका र बाख्राको कुर्वानी दिएर यो पर्व मनाइएको पाइन्छ ।
यस पर्वमा हास, कुखुरा लगायत साना पशुपक्षीको कुर्वानी दिइँदैन, कुर्वानी
दिइने पशुपक्षी स्वस्थ हुनुपर्छ, कुर्वानी दिइने पशुको सिङ्ग, कान र पुच्छर
काटेको हुनुहुदैन”,ठूला पशुमा सात जना मिलेर तथा खसी र बाख्रामा एकजनाले
कुर्वानी दिनुपर्ने नियम रहेको छ ।” कुरान अनुसार कुर्वानीको मासुलाई तीन
भागमा बाँड्नुपर्दछ ।
एक भाग आफ्नो लागि राखिन्छ, दोस्रो भाग नातेदारका लागि र तेस्रो भाग
समाजका गरिबका लागि छुट्टयाइन्छ । आर्थिक अवस्थाका कारण कुर्वानी दिन
नसक्नेको घरमा पनि यस पर्वको रौनकता छाओस भन्ने उद्देश्यले कुर्वानीको
मासु बाँड्ने गरिन्छ । कुर्वानीको मासु बेच्नु हुदैन र कुनै किसिमले जोखेर
वा नापेर कसैलाई दिइँदैन । तीन दिनसम्म पनि कुर्वानी दिने गर्छन । तीन
दिनसम्म कुर्वानी दिनेको घरमा पहिलो कुर्वानी घरमुलीको नामबाट दिइन्छ भने
बाँकी कुर्वानी परिवारका अन्य सदस्यको नामबाट दिने चलन रहेको छ ।
जसको नामबाट कुर्वानी दिइन्छ, त्यो व्यक्तिले कुर्वानीसम्बन्धी सम्पूर्ण कामको
समापन नभएसम्म कुनै प्रकारका अन्न जल ग्रहण गर्नु हुदैन भन्ने मान्यता छ ।
यसैगरी उक्त व्यक्तिले कुर्वानीको मासु प्रसादको रूपमा ग्रहण गरिसकेपछि मात्र
कुर्वानी सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न र सफल भएको मानिन्छ ।
यस पर्वको अवसरमा विश्वभरिका लाखौँ मुस्लिम मक्कामदिना हजका लागि जाने
गर्दछन । यस समुदायमा मक्कामदिना हज गर्न जान सक्नुलाई ठूलो धार्मिक सफलता
मानिन्छ । मक्कामदिना जानेहरू त्यहा कैद गरी राखिएको भनिएका शैतानमाथि ढुङ्गा
हान्ने गर्दछन । हानिएको ढुङ्गा शैतानमाथि लागेपछि मक्कामदिनाको हज सफल
भएको मानिन्छ ।
