कश्मीरमा धारा ३७० को खारेजीपछि बाहिरीले सम्पत्ति किन्दै

सेयर गर्नुहोस

एजेन्सी ।
भारतको केन्द्रीय गृह मन्त्रालयले लोकसभामा धारा ३७० खारेज गरेपछि अन्य राज्यका ३४ जनाले जम्मु कश्मीरमा सम्पत्ति किनेको जानकारी दिएको छ । यी सम्पत्तिहरु जम्मु, रियासी, उधमपुर र गन्दरबल जिल्लाहरूमा अवस्थित छन्।

अगस्त २०१९ मा मोदी सरकारले जम्मु-कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० खारेज गरेको थियो । यससँगै जम्मु-कश्मीर र लेह-लद्दाखलाई छुट्टै केन्द्र शासित प्रदेशहरूमा विभाजन गरियो। धारा ३७० को कारणले जम्मु कश्मीरलाई विशेष राज्यको दर्जा दिएको खण्डमा त्यहाँका स्थानीय बासिन्दाले मात्रै सम्पत्ति किन्न पाउँथे । तर ३७० खारेज भएपछि अहिले देशका अन्य राज्यका मानिसहरूले त्यहाँ सम्पत्ति किन्न पाउँछन् ।

Facebook Comments Box