मुख्यमन्त्री याेगीसंग दुईदेशबीचकाे समबन्ध लगायतका कुरामा चर्चा भएकाे थियाे : सांसद शाह

कपिलवस्तु , चैत्र १३। भारत उत्तर प्रदेशका मुख्यमन्त्री शपथ ग्रहणमा आमन्त्रित कपिलवस्तुका सांसदले याेगी आदित्यनाथलाई भेटेर सफल कार्यकालकाे शुभकामना दिएकाे बताउनुभयाे ।
गाेरक्षनाथ मन्दिर गाेरखपुरका पिठाधीश एवं दाेस्राे चाेटी निर्वाचित मुख्यमन्त्री याेगी आदित्यनाथलाई कपिलवस्तु क्षेत्र ३ का कांग्रेसी सांसद अभिषेक प्रताप शाहले मार्च २५ मा लखनउकाे इकाना स्टेडियममा भएकाे शपथ ग्रहण समाराेहमा पुगी सफल कार्यकालकाे कामना गर्नुभएकाे छ ।
भारतकाे उत्तर प्रदेश राज्यका अधिकांश सिमा नेपालसंग सटेकाले मुख्यमन्त्री याेगी आदित्यनाथलाई भेटेर दुईदेश बीचकाे सांस्कृतिक , समाजिक, व्यावसायिक सम्बन्ध थप मजबुत बनाउन र सुरक्षा लगायतकाे कुरामा समेत छलफल गरिएकाे सांसद शाहले जानकारी दिनुभयाे ।
शपथ ग्रहण कार्यक्रममा बीजेपीका दिग्गज नेताहरुका साथै प्रधानमन्त्रि नरेन्द्र माेदीसमेत उपस्थिति रहेका थिए ।
