सांसद बृजेश गुप्तासंगै मेयर प्रत्याशी कुनाल शाह लगायत नेताहरु नेकपा (एमाले) प्रवेश गर्ने

कपिलवस्तु , चैत्र १२ ।
जिल्लाको संसदीय क्षेत्र २ का सांसद बृजेश कुमार गुप्तासंगै प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव, कृष्णनगरमा नगरपालिकाका मेयर प्रत्याशी कुनाल प्रताप शाह, महाराजगन्ज नगरपालिका मेयर प्रत्यासी रामदास चाैधरी लगायत अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेका राष्ट्रीय अध्यक्ष के. पि. शर्मा ओलीको प्रवेश गराउने कार्यक्रम रहेकाे केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज सुशील कुमार श्रीवास्तवले जानकारी गराउनभएकाे छl
यही चैत्र १४ गते सोमवारका दिन कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेकपा(एमाले)को राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री के. पी. शर्मा ओली वृहत जनसभा लाई सम्बोधन तथा पार्टी प्रवेश गर्ने कार्यक्रममा सांसद गुप्ता लगायतका नेता र हजारौँ समर्थकका साथ नेकपा एमालेमा प्रवेश गर्ने भएका छन l
नव प्रवेशीका राजनीतिक पृष्ठभूमि
मधेश केन्द्रीत रानजितिक पृष्ठभुमी बाेकेमा प्रतिनिधी सभा सदस्य बृजेश कुमार गुप्ता २०७४ सालकाे निर्वाचनमा तत्कालिन राजपाबाट छुट्टिएर स्वतन्त्र समुहमा आवद्ध भई एमालेसंगकाे गठबन्धनमा सुर्य निशानमै चुनाव लडेका थिए ।
प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव पनि सुर्य निशानबाटै निर्वाचित भएका थिए ।
रामदास चाैधरी कृष्णनगर ट्यक्सी व्यवसायी समिति कृष्णनगरमा अवद्ध रहेपनि हाल महाराजगंज नगरपालिकाबाट मेयर पदका लागि राजनितिक फिल्डमा उत्रेका हुन । नेता चाैधरी माओवादी केन्द्रका नेताहरुसंग राम्राे पकड भएपनि नेकपा एमालेमा प्रवेश गर्ने र महाराजगन्ज नगरपालिकाका मेयर पदमा प्रबल दाबेदार मध्ये एक हुन ।
त्यसतैगरि कृष्णनगरका कुनाल प्रताप शाह जिल्ला पश्चिमकाे मुख्य राजनितिक परिवारबाट नगरपालिका मेयरका लागि दाबी गर्दै आएका छन। हजुरबुबा डा. रूद्र प्रताप शाह नेपाली कांग्रेसको संस्थापक सदस्य बनारसमा नेपाली कांग्रेसको गठन हुदाँ देखि नै करिब सात दशक देखि निरन्तर रूपमा पार्टी प्रति समर्पित भै कपिलवस्तुमा नेपाली कांग्रेसको स्तम्भका रूपमा चिनिएका छन् l हजुरबुबा पूर्व प्रधानमंत्री स्वर्गीय विशेस्वर प्रसाद कोइराला, पूर्व प्रधानमंत्री स्वर्गीय कृष्ण प्रसाद भट्टराई, पूर्व प्रधानमंत्री स्वर्गीय गिरिजा प्रसाद कोइराला, पूर्व प्रधानमंत्री स्वर्गीय शुसील कोइराला लगायतका साथमा नेपाली कांग्रेसको राजनीति गर्दै डा. रूद्र प्रताप शाह प्रजातांत्रिक पन्चायती कालमा राज परिषद सदस्य समेत रहेका र यस क्षेत्रका नेपाली कांग्रेसका प्रतिनिधिहरूलाई विजयी बनाउन समेत शाहकाे भूमिका हुन्थ्यो l साथै कुनाल प्रताप शाहका बुबा राकेश प्रताप शाह ( गुड्डू भैया) नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्यका रूपमा योगदान दिदै आएका छन् l कांग्रेस पार्टीले मेयर पदमा टिकट दिन नमानेपछि कपिलवस्तु क्षेत्र नं ३ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि समेत रहेका कुनाल प्रताप शाह लगायत परिवार सदस्य सबैले कांग्रेस पार्टी छोड्ने निर्णय गरेकाे बताएका छन् l
कुनाल प्रताप शाह केही समय पहिला नेकपा एमाले का राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमंत्री के. पी. शर्मा ओली संग भेटघाट गर्दा ओलीको बिचार बाट प्रेरित भै नेकपा एमाले प्रवेश गर्न लागेको बताए l शिवराज नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा निर्विरोध चयन भएका समेतले सामाजिक रूपमा जनताको मन जित्न सफल रहेको शिक्षा प्रेमी हरूको बुझाई रहेको छ l शिक्षा, सामाजिक, आर्थिक, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत उहाँको परिवारले दिएको योगदान सराहनीय रहेको देखिन्छl
यस क्षेत्रमा उद्योग स्थापना गराउन शाह परिवारको योगदान रहेको र त्यसको लाभ स्थानीयहरूले लिइरहेको र सयौँ को संख्यामा व्यक्ति लाई रोजगारीको अवसर प्राप्त समेत भएको छl
कपिलवस्तु जिल्लामा चुनाव नजिकदै जादा विभिन्न पार्टीका नेता कार्यकर्ता राजनितिक क्षेत्र विस्तार तथा टिकटका लागि समेत एकपार्टीबाट अर्काे प्रवेश गर्न लहर चलेकाे छ । केपी शर्मा ओली केही दिन पहिला कृष्णनगरमा जसपा नेता मंगल प्रसाद गुप्ता र माओवादी नेता शिवप्रसाद जयसवाललाई प्रवेश गराउन जनसभा सम्बाेधन गर्न आएका थिए । पुर्व प्रधानमन्त्री ओलीकाे पार्टी जनसभा तथा प्रवेश कार्यक्रम दाेस्राेपटक सदरमुकाममा हुने आयाेजकले बताएकाे छ।
