विजयनगरमा सामाजिक सद्भाव तथा शान्ति सुरक्षा विषयक सर्बपक्षिय छलफल कार्यक्रम सम्पन्न ।

सेयर गर्नुहोस

कपिलवस्तु सामाजिक सद्भाव तथा शान्ति सुरक्षा विषयक सर्बपक्षिय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

विहिवार गाउँपालिकाको सभाहल खडैचमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले विकास संगै सामाजिक सद्भाव तथा शान्ति सुरक्षा आवश्यक रहेको बताउनु भयो ।शान्ति सुरक्षा गर्नमा पुर्ण प्रतिबद्धता रहने पाण्डेले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक दान बहादुर कार्कीले शान्ति प्राप्त गर्नको लागि शान्तिपुर्ण को बाटो अवलम्बन गर्नु पर्ने बताउनु भयो । शिक्षा नै विकासको मुल मन्त्र भएकोले हामी मान्छे हौ सभ्य समाज चाहन्छौं ,विकास चाहन्छौं सधैं भरि शान्ति होस् कार्कीले बताउनु भयो ।

शसत्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन ओलीले राजनीति विकासको लागि गर्नुको साथै सामाजिक, आर्थिक,सास्कृति परिवर्तनको लागि गर्न अनुरोध गर्नु भयो।

कार्यक्रममा समाजसेवि बाल जी चौधरी, जनता समाजवादी पार्टी जिल्ला उपाध्यक्ष राम निवास पुरी, जसपा नेता राज कुमार चौधरी,नेकपा माओवादी केन्द्र विजयनगर गाउँ कमिटी अध्यक्ष तेज प्रसाद पौडेल,युवा संघ विजयनगर अध्यक्ष दिपेन्द्र मोहरा,नेपाली काङ्ग्रेस नेता राजेश् कुमार उपाध्याय, नेकपा एमाले नेता कृष्ण प्रसाद भण्डारी, युवा नेता देबेन्द्र मणि त्रिपाठि, अब्दुल कलाम लगाएतको अधिकान्श बोल्ने बक्ताहरुले विजयनगरमा शान्ति सुरक्षा चाहन्छौं, देश मै नमूना गाउँपालिका देख्न चाहन्छौं जसका लागि हामी सबै मिलेर हरेक परिस्थितिलाई सामाना गर्न तयार रहेकोे बताएका थिए । कार्यक्रम विजयनगर गाउँपालिकाको आयोजना रहेको थियो भने पालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईको संचालनमा सम्पन्न भएको थियोे ।

Facebook Comments Box