पशुपालन व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न

सेयर गर्नुहोस


कपिलवस्तु – कपिलबस्तुको शिवराज नगरपालिकामा रहेको हिमपात सानाकिसान कृषि सहकारी संस्थाले किसानलाई उत्पादनमुखि बनाउने उदेश्यले किसानको लागि पशुपालन तथा व्यवस्थापन दुई दिने तालिम सम्पन्न गरेको छ ।

तालिमको समापनमा शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले किसानको लागि बिभिन्न अनुदानका कार्यक्रम आउने हुदा पशुपालन तथा कृषि क्षेत्रमा आउने अनुदान लिनको लागि किसानले आफुले उत्पादनमा ध्यान दिनु पर्ने बताउदै पाउने सेवा सुविधा लिन आग्रह गर्नु भयो ।

सहकारीले अन्य कुरामा लगानी लगाउनु भन्दा कृषि क्षेत्रमा लगानि लगाइ हजारौ किसानलाई आत्म निर्भर हुने कुरामा जोड दिनु पर्न बताउनु भयो । यस्तै शिवराज पशुशाखा प्रमुख धनेस्वर खनालले पशुपानल सम्बन्धि बिभिन्न समस्या र समाधानका उपाएका बारेका छलफल गराएको बताउनु भयो ।

तालिममा सहभागिले तालिम बाट पशुपालन सम्बन्धि धेरै कुरा जानकारी पाएको बताउदै आगिमि दिनमा पनि यस्तै तालिमको आवश्यक रहेको बताएका थिए । संस्थाका अध्यक्ष शिवराज सुवेदिले सबैको साथ सहयोग सहकार्यको आवश्यक रहेको बताउदै संस्थाले कृषि क्षेत्रमा लगानि लगाउदै आएको हुदा कृषकको मनोभावनाका साथ बिभिन्न तालिम सन्चानमा ल्याएको बताउनु भयो । तालिममा ३० जना पशु पालन कृषकहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box