मुक्ति समाजको बैठकः स्थानीय तहमा पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड

सेयर गर्नुहोस

चन्द्रौटा । नेपाल उत्पिडित जातिय मुक्ति समाजकाे पहिलाे बैठक जिल्लाकाे गाेरूसिङगेमा सम्पन्न भएकाे छ । बैठकलाई सम्बाेधन गर्दै नेकपा एमाले चुनाबि संघारमा रहेकाेले सबै स्थानिय तहहरूमा पार्टिलाई पहिलाे शक्तिकाे रूपमा स्थापित गर्न सबै लाग्नुपर्ने नेपाल उत्पिडित जातिय मुक्ति समाज केन्द्रीय कमिटि सचिवालय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटि सचिव सि.बि गहतराजे निर्देसनात्मक भनाईहरू राख्नुभयाे ।

चन्द्राैटामा सम्पन्न ५ अाै अधिवेशन पछि आयाेजित पहिलाे बैठकमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा ईन्चार्ज सुमित्रा परियार,नेपाल उत्पिडित जातिय मुक्ति समाज केन्द्रीय कमिटि सदस्य टीका बि.क, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य सदस्य पितम्बर खनाल, नेकपा एमाले बुद्धभुमि नगरपालिका नगर कमिटि अध्यक्ष देवि प्रसाद बेल्वासे ,नेकपा एमाले जिल्ला कमिटि सदस्य पुर्ण परियार, नेपाल उत्पिडित जातिय मुक्ति समाज लुम्बनी प्रदेश सदस्य पुर्णकला बि.क, लगायतले महत्वपुर्ण भनाईहरू राख्नुभएकाे थियाे ।

नेपाल उत्पिडित जातिय मुक्ति समाज जिल्ला कमिटि बैठकमा नव निर्वाचित पदाधिकारि तथा सदस्यहरूलाई बधाई ज्ञापन, समिक्षा , जिम्मेवारी वाडफाड, केन्द्रीय अधिवेशनमा प्रतिनिधि सहभागिताबारे बैठकमा छलफल गरिएकाे हाे । बैठकले नेपाल उत्पिडित जातिय मुक्ति समाजकाे फाल्गुन १५, १६ र १७ गते हुने केन्द्रीय महाधिवेशनका लागि कपिलवस्तुबाट १० जना प्रतिनिधि सहभागी हुने निर्णय गरेकाे छ ।

नेपाल उत्पिडित जातिय मुक्ति समाजकाे अध्यक्ष राम प्रघट काेरीकाे अध्यक्षतामा संचालित बैठककाे संचालन सचिव पदम सुनाले गर्नुभएकाे थिायाे ।

Facebook Comments Box