सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह

सेयर गर्नुहोस

 एजेन्सी सोमालिया सरकारले लामो खडेरीका कारण ६९ लाख भन्दा धेरै मानिस प्रभावित भएको भन्दै मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ ।

प्रधानमन्त्री मोहमद रोब्लेले एउटा विज्ञप्ति निकालेर खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्याउन दाताहरूलाई आग्रह गर्नुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ । प्रभावित मध्ये २६ लाख मानिस एक छाक जुटान मुस्किल अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ । खडेरीका कारण ९५ लाख भन्दा धेरै पशुचौपाया प्रभावित भएका छन् ।

बितेको तीन वर्षदेखि सोमालियामा खासै पानी परेको छैन । सोमालियामा सन् २०११ को अनिकालपछि देशमा सबैभन्दा ठूलो खडेरीको सामना गर्नुपरेको प्रधानमन्त्री रोब्लेले बताउनुभएको छ । खडेरी प्रभावित क्षेत्रमा दादुरा र पखाला तथा हैजाका घटना बढ्दै गएको पनि उल्लेख गरिएको छ । सोमालियामा लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तन भएको विज्ञहरुले बताएका छन् ।

Facebook Comments Box