कृष्णनगरमा बसपार्कको उद्घाटन

सेयर गर्नुहोस


कपिलवस्तु
जिल्लाको कृष्णनगरमा बसपार्कको उदघाटन गरिएको छ । जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा चिन्ने कृष्णनगरमा बसपार्क नहुदाँ सावारी साधन पार्कीङ्ग गर्न समस्या हुदै आएको थियो । कृष्णनगरमा बसपार्क पार्कीङ्ग स्थल नहुदाँ सावरी साधनहरु सडकमै पार्कीङ्ग हुदै आएको थियो ।
बसपार्क उद्घाटन कार्यक्रममा बोल्दै कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य सांसद अभिषेक प्रताप शाहले बसपार्क व्यवस्थापन भए कृष्णनगरको मुहार फेरिने बताउनुभयो । विगत लामो समय पश्चात मात्र यहाँ बसपार्क स्थापना हुदा निकै खुसी महसुस भएको बताउनुभयो । आउने दिनमा बसपार्कलाई आफुले सक्दो सहयोग गर्ने आस्वासन समेत दिनुभयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बसपार्क निर्माणमा आफनो सक्दो सहयोग रहनु बताउनुभयो । नगरपालिको तर्फबाट विकास निर्माणको कार्य अघि बढीरहेको जनाउनु भयो ।

कृष्णनगर विद्युत कार्यालय आगाडी रहेको खाद्य संस्थानको जग्गा लिजमा लिएर बसपार्क निर्माण गरीएको छ । अलिशा सप्लायर्सले बसपार्क सन्चालन गरेको व्यवस्थापक नसरुल्लाह खानले जानकारी दिनुभयो ।
कुल १ विघा ७ कठा ३ धुर जग्गामा रु ३० लाखको लागतमा कृष्णनगरमा बसपार्क सन्चालन गरेको सन्चालक खानले जानकारी दिनुभयो ।
कृष्णनगर यातायात प्रा।ली जावेद आलम खानको अध्यक्षमा बसपार्कको उदघाटन गरीेएको हो । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी अध्यक्ष ददिराम खरेल, समाजसेवी मंगल प्रसाद गुप्ता, मौलान मकसुद खा नेपाली, तुफेल खान, लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box