जनता समाजवादी पार्टी नेपालको विजयनगर नगर समितिकाे बैठक सम्पन्न

सेयर गर्नुहोस

कृष्ण पौडेल विजयनगर
जनता समाजवादी पार्टी नेपालको विजयनगर नगर समितिकाे बैठक सम्पन्न भएकाे छ । स्थानिय तहकाे निर्वाचन नजिकिदै गर्दा पहिलाे नगर बैठक बसेकाे छ । कार्यक्रममा बाेल्दै जिल्ला उपाध्यक्ष रामनिवास पुरिले स्थानिय तहकाे निर्वाचनमा कसरी जित हासील पार्ने र चुनावी माहाेलमा कस्ताे खालकाे रणनीतिक याेजना लीएर हिड्ने बताउनु भयाे ।

चाेक चाेकमा बसेर बहस गर्न छाडेर हामीमा भएकाे कम्जोरीलाई कमिटिमा बसेर बहस गरेर अघि बढ्ने बताउनु भयाे । कपिलवस्तु जिल्लामा जसपाकाे सकृयता राम्राे रहेकाे जसपा जिल्ला अध्यक्ष सैलेन्द्र कुमार चाैधरीले बताउनु भयाे । सबै पालिकाहरूमा याे निर्वाचनमा जसपाले नै जित हासिल गर्न सबैलाई लाग्न अनुराेध समेत गर्नु भएकाे छ ।

प्रदेश बाट कपिलवस्तु जिल्लामा अाफु जसपाकाे नेतृत्व बाट प्रदेश सदस्य र याेजना अायाेगमा पुगे पछि धेरै याेजनाहरू पारेकाे प्रदेश सदस्य तथा याेजना अायाेग सदस्य सिवपुजन यादवले बताउनु भयाे । गाउपालिकामा अबकाे निर्वाचनमा सकृय र लगनशील कार्यक्रतालाइ टिकट दिन गाउँ ईकाई अध्यक्ष सन्तराम तेलिले बताउनु भयाे ।

साथै काङ्ग्रेस गाउँ ईकाई परित्याग गरि र विभिन्न पार्टी परित्याग ५१ जना अाएका अागनेतुलाई शुभकामना समेत दिनु भएकाे छ । कार्यक्रममा गाउँ ईकाई अध्यक्ष सन्तराम तेलिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश उपाध्यक्ष राजकुमार चाैधरीकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।

प्रदेश सदस्य तथा याेजना अायाेग सदस्य सिवपुजन यादव,जसपा जिल्ला अध्यक्ष सैलेन्द्र कुमार यादवकाे विशिष्ट अातिथ्यता रहेकाे थियाे । अतिथिमा जसपा पुर्व जिल्ला अध्यक्ष सतिस चन्द गुप्ता, जिल्ला उपाध्यक्ष रामनिवास पुरी, सह सचिव विनाेद कुमार चाैधरी,प्रदेश प्रतिनिधि रामविजय माैर्या, शिवराज नगर ईकाई अध्यक्ष कृष्ण कुमार चाैधरी रहनु भएकाे थियाे । कार्यक्रममा रामविजय माैर्याकाे स्वागत र गाउ ईकाई सचिव अशाेक जैसवालकाे सञ्चालन रहेकाे थियाे ।

Facebook Comments Box