कम्तीमा २५ प्रतिशतले तालिमपछि स्वरोजगार भएकै हुनुपर्छ :उपमेयर अर्याल

सेयर गर्नुहोस

कपिलवस्तु १६ फागुन । नगरको लगानीमा सञ्चालन भएका तालिमबाट कम्तिीमा २५ देखी ५० प्रतिशतले तालिम उपयोग गरि स्वरोजगार हुनै पर्ने बाणगंगाका उपमेयर चक्रपाणी अर्यालले बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तु शाखाले आयोजना गरेको बासबाट बन्ने सामाग्री सम्बन्धी बेम्बो हाण्ड्रिकाफ्ट तालिमको समुद्घाटन गर्दै यस्तो बताउनु भएको हो । सो अबसमार नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय सदस्य भेषराज पाण्डेले बोल्दै स्वादेशी उत्पादन बढाउन सकेमात्र बिदेशबाट हुने आयात रोक्न सकिने भन्दै घरेलु उद्योगले घरघरबाट वस्तु तथा सेवा उत्पादन गर्न सक्नुपर्नेबताउनुभयो।

यसैगरि महासंघका प्रदेश कोषाध्यक्ष लक्ष्मण बेल्बासेले बाणगंगाले जस्तै अन्य नगरले पनि उद्योगीहरुको छाता संस्था घरेलु तथा साना उद्योग महासंघ संग मिलेर काम गरेमा रोजगारी र स्वरोजगारी धेरै बढाउन सकिने दाबी गर्नुभयो । शाखाका अधयक्ष फुलकुमारी श्रेष्ठको अध्यक्षता र महासचिव रबिन्द्र पौडेलको सहजीकरणमा भएको तालिम उद्घाटन सत्रमा मूख्य प्रशिक्षक लेख बहादुर श्रेष्ठले बेम्बो हयाण्ड्रीकाफ्टका उत्पादनको बजारमाग उच्च रहेको बताउनुभयो । ४५ दिने चल्ने तालिममा ३० जना सहभागि रहेका छन । बाणगंगा नगरको आयोजना र घरेलु ताथ साना उद्योग महासंघ कपिलवस्तुको ब्यवस्थापनमा तालिम भएको हो

Facebook Comments Box