अापसी सदभवका लागि कुरान सरिफबाट सम्मान , सिराजुल उलुमलाई विश्वविद्यालय बनाउन सरकारसंग माग
अंकुश श्रीवास्तव ,कपिलबस्तु । जिल्लाकाे कृष्णनगरमा नेपाल कै सबभन्दा पुरानाे मुस्लिम कालेजलाई विश्वविद्यालय बनाउन अगुवाहरुले नेपाल सरकारसंग माग गरेका छन ।
नेपालका लागि कतारी राजदुत युशुफ माेहम्मद अल-हिल काे स्वागत सम्मानमा जामिया सिराजुल उलुम अस-सलाफिया मुस्लिम कालेज झण्डानगरले अायाेजना गरेकाे कार्यक्रममा कालेजका प्राेफेसर डा:अब्दुल गनी अल कुफीले १२० बर्ष पुरानाे ईतिहास रहेकाे अल्पसंख्यक समाजकाे यस कालेजलाई विश्वविद्यालय समकक्ष पुर्याउन सबै सराेकारवालासंग अनुराेध गरेका छन । उनले थपे नेपाल कै सबभन्दा धेरै अल्पसंख्यक मुस्लिम बाहुल्य भएकाे कपिलवस्तु जिल्लामा मुस्लिम समुदाय शैक्षिणिक क्षेत्रमा पिछडिएकाे मानिन्छ तर केही मुस्लिम अगुवाहरुले स्थापित गरेकाे यस सिराजुल उलुम कालेजले लाखाैं बिद्यार्थीहरुलाई शिक्षित बनाई मुस्लिम समाज बिकासमा टेवा पुर्याकाे कुरालाई नकार्न सकिन्न । त्यसैगरि राष्ट्रिय मदरसा संघका केेन्द्रीय उपाध्यक्ष माैलाना मसुद नेपालीले नेपालमा मदरसाहरुकाे वर्तमान अवस्थालाई मध्यनजर गरि प्राविधिक शिक्षासंग जाेड्ने पहल गर्नु पर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला शिक्षा कार्यालयका सहायक जिशिअ थानेश्वर ज्ञवालीले त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालय झैं पुरानाे र ऐतिहासिक महात्व बाेकेकाे यस सिराजुल उलुक कालेजलाई मुस्लिम विश्वविद्यालय बनाउनु पर्नेमा जाेड दिनुभएका थिए ।
भैरहवा भ्रमणमा रहेका कतारी राजदुत प्रविधिक कारणबश अाउन नसकेकाले अन्य मुस्लिम अगुवाहरुले अल्पसंख्यक समुदायकाे बिकास लागि सहयाेग गर्न भैरहवा विमानस्थल पुगेर ज्ञापनपत्र बुझाएका थिए । राजुदुतकाे अनुपस्थितमा मुस्लिम नागरिक समाजले समाजिक सदभव कायम राख्न पवित्र ग्रन्थ कुरान सरिफबाट उपस्थित अतिथिलाई सम्मान गरेकाे थियाे । कार्यक्रममा सदभावना पार्टी सचिव मिर्जा अरसद बेग, युवा संघ कपिलबस्तुका अध्यक्ष सुशील श्रीवास्तव, तत्कालिन कृष्णनगर गाविसका पुर्वअध्यक्ष अभय प्रताप शाह, सफर मियां, शाहिद खां, दिनेश चन्द्र गुप्ता लगायत मुस्लिम नागरिक समाज, कालेजका प्रअ माैलाना खुर्सिद अहमद,अब्दुल रसिद मदनी प्रबन्धक शमीम अहमद नदवी , डाः मन्जुर खां लगायत बिद्यार्थीहरुकाे बाक्लाे उपस्थिति थियाे ।
