विजयनगरमा स्वास्थ्यकार्मी सम्मान कार्यक्रम सम्पन्न

विजयनगर कपिलवस्तु ।
कपिलवस्तुको विजयनगरमा स्वास्थ्यकार्मी सम्मान कार्यक्रम सम्पन्नभएको छ । सोमवार पालिकाको सभाहल खडैचामा स्वास्थ्यकार्मीलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।
कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्वास्थ्यकार्मीहरुलाई सम्मान गर्दै कोभिडको समयमा पनि दिनरात खटि अपनो जीवनको प्रवाह नगरि जनताको सेवामा खटिने स्वास्थ्यकर्मीलाई भगवानको दोस्रो रुप हुन भन्दै प्रशंसा गर्नु भयो ।
त्यस्तै कार्यक्रमलाई स्वागत गर्दै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले स्वास्थ्यमा भएको परिर्वतनमा स्वास्थ्यकर्मीको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गदैँ प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद भटट्राईले स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान गर्नुभएको बताउनु भयो । वडा अध्यक्ष प्रेम बहादुर कलवारले पाँच वर्ष सम्म गरेको कार्यले तेसको परिणाम आगाडि नै आउने बताए । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पुर्णलाई सम्मान गरिएको थियो ।
