लखन थापाको स्मृती दिवसमा दिप प्रज्वलन

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा प्रथम सहिद लखन थापाको १४५ औं स्मृती दिवसमा दिप प्रज्वलन गरिएको छ । नेपाल मगर संघ शिवराज नगर समितिको आयोजनामा सहिद थापाको स्मृतीमा दिप प्रज्वलन गरिएको हो ।
नेपाल मगर संघ शिवराज नगर समितिका अध्यक्ष पूर्ण बहादुर बुढा मगरले प्रथम सहिदको सम्मान सरकारले गर्न नसकेको बताउनु भयो । सघका सदस्य सोनु सारु मगरले सरकारले प्रथम सहिद थापालाई बेवास्ता गरेको र मगर संघले प्रत्येक बर्ष फागुन २ गते स्मृति दिवस मनाउदै आएको भए पनि सरकारले विदा नदिएको बताउनु भयो ।
कार्यक्रममा नेपाल मगर संघ शिवराज नगर समितिका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।
Facebook Comments Box
