कपिलवस्तुको विजयनगरमा राप्रपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

कपिलवस्तु-
कपिलवस्तुको विजयनगर गाउपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टिको बृहत कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको विजयनगर गाउँपालिका ५ र ७ मा पार्टी प्रवेश सगंठन विस्तार कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टि लुम्बिनी प्रदेश सचिव राजेन्द्र अधिकारी, राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सईद अहमद शाह कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिहं, जिल्ला उपाध्यक्ष अलिमुननिसा, क्षेत्रीय अध्यक्ष सुरेन्द्र मौर्या, शिवराज नगर अध्यक्ष राम बहादुर रायमाझी, विजयनगर समिती अध्यक्ष हनुमान यादव, शिवराज संगठन प्रमुख सफि मोहम्मद मुसलमान लगायतको सहभागीतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा अन्य पार्टी परित्याग गरी ५ सय जना राप्रपामा प्रवेस गरेको राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सईद अहमद शाहले जानकारी दिनु भयो ।
विजयनगर गाउँपालिका ५का कृष्ण बहादुर कुर्मी ११ सदस्य वडासमिती गठन गरिएको छ ।
त्यस्तै वडा नं ७ मा अब्दुल करिम मियाको अध्यक्षमा २१ सदस्य वडा समिती गठन गरेको लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले जानकारी दिनुभयो ।
