खाेटाङमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

सेयर गर्नुहोस

खोटाङ – खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै ज्यान गएकाे छ ।

आज साेमवार हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानको ऐसेलुखर्कबाट हलेसी जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा हलेसी १० अर्खौैले नवलपुरका १४ वर्षीय चालक शेखर मगरको ज्यान गएकाे प्रहरीले जनाएकाे छ । ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएकाे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी सागर शाहले बताउनुभयो ।

दुर्घटनामा ट्र्याक्टर धनी हलेसी ७ महादेवस्थानको ऐसेलुखर्कका ३२ वर्षीय नगेन्द्र राई घाइते हुनुभएकाे छ । उहाँलाई हेल्थ केयर मेडिकल हलेसीमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि काठमाण्डाै पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box