कपिलवस्तुको बुड्डीमा चलीरहेको बसमा अचानक कसरी भयो त आगलागी ?

सेयर गर्नुहोस

कपिलवस्तु –कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका ४ बुड्डीमा चलीरहेको बसमा आगलागी भएको छ । नेपालगञ्जबाट बुटवल तर्फ जादै गरेको भे १ ख २९५६ नम्बरको बसमा साँझ करिब ७ बजे आगलागी भएको हो ।

बसमा सवार सबै सकुशल रहेका छन ।बसको बिद्युत सर्ट हुदा आगलागी भएको हो बस चालकले बताए। बसमा १४ जना यात्रु सवार थिए ।आगो निभाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकलको प्रयोग भएको थियो ।आगो प्रहरी गोरुसिङे बाट आगो निभाउन पुगेका थिए । बस अधिकांस क्षती भए पनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ।

Facebook Comments Box