सोलुखुम्बुमा भिरबाट लडेर दुई जनाको ज्यान गयो

सेयर गर्नुहोस

सोलुखुम्बु – सोलुखुम्बुमा भिरबाट लडेर दुई जनाको ज्यान गएको छ ।

साेलुदूधकुण्ड नगरपालिका-२ लबुचेका ६४ वर्षीय पासाङ लामा र सोताङ गाउँपालिका-१ खोर्दाका २६ वर्षीय तेजबहादुर लामिछानेकाे भिरबाट लडेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

लामाको लबुचे भिरबाट लडेर ज्यान गएको हो भने लामिछानेको सोताङ गाउँपालिका-१ मा रहेकाे हुँगा दूधकोसी सामुदायिक वनको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएकाे बिहीवार छोराको घर जान्छु भनेर हिँडेका लामाकाे तीन दिनसम्म गन्तव्यमा नपुगेको खबर आफन्तले दिएपछि खोजतलास गर्दा भिरबाट लडेर ज्यान गएकाे भएको अवस्थामा हिजाे शव भेटिएको हाे ।

यस्तै लामिछानेको सामुदायिक वनमा घाँस काट्न जाने क्रममा हिजाे भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box