नृत्य निर्देशक संघ नेपाल कपिलवस्तुको अध्यक्षमा सुमन निर्वाचित

सेयर गर्नुहोस

दिपक भण्डारी, कपिलवस्तु –
कपिलवस्तुमा नृत्य निर्देशक संघ नेपालको शाखा विस्तार गरिएको छ ।
नृत्य निर्देशक संघ नेपाल कपिलवस्तु शाखाको अध्यक्षमा चर्चित नृत्य निर्देशक तथा मोडल सुमन पौडेल निर्वाचित हुनु भएको छ ।

नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहको प्रमुख अतिथ्यतामा जिल्ला कार्य समिती कपिलवस्तु शाखा विस्तार गरिएको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा ब्यापर सघंको हलमा भएको भेलाले पौडेललाई नृत्य निर्देशक संघ नेपाल कपिलवस्तुको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

नृत्य निर्देशक संघ नेपाल कपिलवस्तुको उपाध्यक्षमा महिला तर्फ बविता धिताल, पुरुष उपाध्यक्ष बिजय सारु, सचिव विकास थापा, सहसचिव विशाल केसी, कोषाध्यक्ष अमृता केसी, सहकोषाध्य अक्षय थारु ,प्रवक्ता राखि श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा सुजाता श्रेष्ठ, बिमला सोती, अर्जित थापा, अस्मिता पौडेल निर्वचित भएको नया निर्वाचित अध्यक्ष सुमन पौडेलले जानकारी दिनु भयो ।

सल्लाहकार छवि रेश्मी, चिन्ता परियार दिपक भण्डारी लगायत चयन हुनु भएको छ ।

Facebook Comments Box