सांसद शाहको सहयोगमा चोर खोला वासीलाई पानी

सेयर गर्नुहोस

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहको व्यक्तिगत लगानीमा चोर खोलाका नागरिकहरूले खानेपानी पाएका छन् । लामो समय देखि दूषित पानी पिउन बाध्य रहेका नागरिकहरूलाई सांसद शाहले आफूले सरकार वाट पाउने तलब बापतको रकमले खानेपानीको व्यवस्थापन गरेको बताउनुभयो ।

शिवराज नगरपालिका वडा नं १ मा पर्ने चोर कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहको व्यक्तिगत लगानीमा चोरखोलाका नागरिकहरूलाइ खाने पानिको बेवस्ता गर्नु भएको छ । लामो समय देखि दूषित पानी पिउन बाध्य रहेका नागरिकहरूलाई सांसद शाहले आफूले सरकारवाट पाउने तलब बापतको रकमले खानेपानीको व्यवस्थापन गरेको बताउनुभयो ।

शिवराज नगरपालिका वडा नं १ मा पर्ने चोर खोलामा विद्युत् र टेलिफोन टावर लगायत अन्य समस्याहरू रहेकोले ती समस्यालाई समाधान गर्न आफूले सहयोग गर्ने शाहको भनाई छ । केही दिन अघि सांसद शाह चोर खोलामा स्थलगत पुगेर अवलोकन गर्नुभएको थियो ।

चोर खोलामा भएको समस्या समाधानका लागि आफूले सहयोग गरेको उहाँको भनाई छ । चोर खोला गाउँका ३६ घर परिवारले अब शुद्ध पानी पाउने छन् । उक्त खाने-पानिको उद्घाटन केहि दिनमा हुने छ ।

Facebook Comments Box