कृषि मन्त्रीकाे निष्क्रियताका कारण उखु किसानलाई मल अभाव , भण्डारण क्षमता बढाउंदा समस्या कम हुने किसान संघकाे निष्कर्ष

सेयर गर्नुहोस

कपिलवस्तु , माघ २९ । कपिलवस्तु जिल्लाका उखु किसानलाई मल अभाव हुन थालेकाे छ ।

अहिले जिल्लाकाे मुख्य नगदे बाली उखुका लागि मल आभाव हुन थालेपछि किसान चिन्तित बनेका छन । उखु खेतीले किसानहरुलाई आय आर्जनमा मद्दत गर्ने हुनाले मलकाे समस्या यथाशीघ्र समाधान गर्नुपर्नेमा सराेकारवालाले जाेड दिएका छन । तराई कै कृषि मन्त्री भएपनि मल, बीउ ,सिंचाइ जस्ता किसानका समस्या समाधान गर्न नसकेकाे र निष्क्रिय भइ भ्रष्टाचारकाे पक्षपाेषण गर्दै आएकाे कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चाैधरीले आराेप लगाउनुभयाे ।

जिल्लाकाे कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेकाे कृषि सामग्री संस्थानका अधिकृत तारा खनालका अनुसार अहिले जीटुजी समझाैता हुन नसकेकाे र भण्डारण क्षमता २ हजार मेट्रिक टनकाे हुनुपर्नेमा पुरानै अनुपातमा मात्र ५ सय मेट्रिक टनकाे रहेकाेले मल आपूर्तिमा समस्या देखिएकाे छ । अहिले कै समयमा यदि समझाैता भयाे भने किसानलाई चाहिने मल कम्तिमा दुई महिनासम्म कुर्नैपर्ने हुन्छ ।जिल्लाकाे ५ स्थानीय तहमा मलखाद वितरण गर्ने जिम्मा पाएकाे संस्थानले सदरमुकाम ताैलिहवाभन्दा कम मल पाउदै आएकाेले पनि मल आभाव छिट्टै देेखिने गरेकाे अधिकृत खनालकाे भनाई छ ।

कृषि सामग्री संस्थान बहादुरगंजले जिल्लाकाे कृष्णनगर , विजयनगर, शिवराज , महराजगंज, बुद्धभुमी नगरपालिकामा आसारसम्ममा मात्र दुई हजार मेट्रिक टन मलकाे आवश्यकता पर्दछ तर किसान समस्या प्रतिकाे सरकारकाे उदाशिनताले उत्पादन भन्दा लगानी बढ्दै गएकाे अवस्था छ ।

Facebook Comments Box