विजयनगरमा जिल्ला समन्वय समितिको साझेदारीमा सञ्चालित योजनाहरुको अनुगमन

सेयर गर्नुहोस

कपिलवस्तु विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिका र जिल्ला समन्वय समिति कपिलवस्तुको साझेदारीमा सञ्चालित योजनालाई शुक्रबार अनुगमन गरिएको छ । गाउँपालिकाको वडा नं. २, ४, ६ र ७ को निर्माण भइरहेकोे वडा कार्यालय, गाउँपालिकाको माथिल्लो तल्ला,पिपरी बर्थिङ सेन्टर, नेवलागञ्ज आधारभुत विद्यालयको भवन अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, इन्जिनियर नवीन डुम्रे कपिलवस्तु जिल्ला समन्वय प्रमुख नारायण प्रसाद खनाल, जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेल, इन्जिनियर राकेश कुमार गुप्ता, सुरेन्द्र बेल्वासे सन्चारकर्मिहरुको सहित टोलिले उक्त योजनाहरुको अनुगमन गरेको जनाइएको छ । संचालित योजनाहरु अन्तिम चरणमा पुगेको बताइएको छ ।

Facebook Comments Box