११ सय २८ जना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय २८ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २० हजार ९ सय ८९ जनामा गरिएको परीक्षणमा १ हजार १ सय २८ जना संक्रमित थपिएका हुन्। यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त जानकारी पनि समेटिएको मन्त्रालयले जनाएको छ।
यस्तै आज १४ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ।
मन्त्रालयको विवरणअनुसार हाल देशभर २७ हजार ४ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्।
Facebook Comments Box
