तुलसीपुर आगलागीः मृत्यु हुनेको पहिचान खुल्यो, ४ बालबालिका

दाङ ।
तुलसीपुरको होलसेल जुत्तापसलमा आगलागी हुँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ। जुत्तापसल भएको घरमा कोठा भाडामा लिएर बस्ने पाँचजनाको निस्सासिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
मृत्यु हुनेमा १३ वर्षीया सजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली र ५ वर्षीय, अबिददिन अलीको मृत्यु भएको छ।
Facebook Comments Box
