आयल निगमकाे सेटिङ्गमा तेल तस्करी बढ्याे , दैनिक लाखौं काे राजस्व चुहावट

सेयर गर्नुहोस


अंकुश कुमार श्रीवास्तव
कपिलवस्तु ,माघ २७ । आयल निगम कै सेटिङ्गका कारण जिल्ला सिमा क्षेत्रका पम्पबाट पेट्रोलियम पदार्थ काे व्यापक तस्करी हुँदै आएकाे छ ।
नेपालबाट कृष्णनगर नाका भइ फर्क्ने भारतीय ट्रेलर गाडीहरु अवैधरुपले पेट्रोलियम पदार्थकाे तस्करी शुरु गरेका छन तर सम्बन्धित निकायहरु माैन बसेका छन ।
नेपाल भन्दा भारतमा पेट्रोलियम पदार्थकाे मूल्य धेरै रहेकाेले भारतबाट नेपाल भित्रिने मालवाहक गाडीहरु बार्डर नजिकका पेट्रोल पम्पहरुबाट अवैध रुपमा अतिरिक्त ट्यांकी जडान गरि डिजल तस्कारी गर्ने गरेकाे पाइएकाे छ ।
भारतबाट कृष्णनगर नाका छिर्ने गाडीहरु धेरैजसाे कृष्णनगर-चन्द्राैटा सडकखण्डका फ्याक्ट्रीका कच्चामाल ढुवानी गर्ने हुन तर नेपाल प्रवेशपछि फर्किदा अधिकांशले तेलकाे सस्ताे दररेट रहेकाले अतिरिक्त ट्यांकीमा तीन सयदेखि पांच सय लिटर भरेर नाका हुँदै तस्करी गर्ने गरेका छन ।
बार्डर नजिकका पेट्रोल पम्पहरुले थप मुल्य पाएपछि सजिलै ट्रेलरहरुलाई तेल बिक्रि गर्दै आएका छन ।

फितलाे अनुगमन र आयल निगमकाे पनि संगलनता

सिमा क्षेत्रका पेट्रोल पम्पहरुलाई उपभाेग भन्दा बढी तेल पठाइरहेकाे नेपाल आयल निगमकाे पनि सेटिङ्ग रहेकाे प्रस्ट बुझन सकिन्छ ।साथै नेपालभन्दा भारतीय गाडीलाई डिजल उपलब्ध गराउदै आउदा पनि सराेकार वाला निकाय र नेपाल आयल निगम पनि चुपलागेर बस्नुले नै घाटा बढेकाे अनुमान छ । त्यस्तै आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख अधिकृत दिनेश कुमार पाण्डेले पेट्रोल पम्प नै अनुगमन गर्न गएका छैनौं तर छिट्टै नै आयल निगम र हाम्राे टीम अनुगमनमा निस्कने बताउनुभयाे ।

पम्पहरुकाे मनपरि
सम्बन्धित निकायकाे फितलाे अनुगमनले राज्यकाे कराेडाैं राजस्व चुहावट पम्पवालाले भारतीय ट्रेलर र ट्रकहरुलाई करविजक बिल नै नदिएर तेल बिक्री भइरहेकाे छ । जबकी नेपालभित्र पैठारी भएकाे पेट्रोलियम पदार्थ मालवाहक बिदेशी गाडी फिर्ता हुंदा सिमा नजिककाे पेट्राेल पम्पसम्म पुग्नेसम्म तेल मात्र दिन सक्ने प्रवाधान छ । नियम मिची पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पम्पलाई कानुन अनुसार सजायकाे व्यवस्था गरिएकाे छ तर हालसम्म कुनै कार्यवाही नभएकै कारण अवैधानिक रुपमा धामाधम तेल बिक्री भई र भन्सार हुँदै भारतबाटै ल्याइएकाे तेल पुन: भारत नै पुगेकाे छ।

Facebook Comments Box