मदरसाहरुलाई मुलधारमा ल्याउन समाजिक विकास डिभिजन प्रमुखको सुझाव

शहबाज खान, कपिलवस्तु
समाजिक विकास डिभिजन कार्यालयले जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयको स्थलगत अनुमगन गरेको छ ।
अनुगमनका क्रममा कार्यालयका प्रमुख सुर्य प्रसाद भुसालले मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नै नेपाली भासामा नै शिक्षा दिनमा जोड दिनु भएको छ । मदरसा शिक्षालाई राष्ट्रिय मूलधारको शिक्षामा जोड्नु पर्ने बताउदै मुस्मिल समुदायको विकासका लागी शिक्षामा विशेष जोड दिनु पर्ने उहाँले बताउनु भयो । मुस्लिम समुदायको राजनितीक तथा सरकारी रोजगारहरुमा उपस्थिती न्युन रहेकोले अब मदरसाहरु लाई मुलधारमा ल्याइ मदरसामा पढेका युवा पिढी लाई नेपालको राजनितीक तथा सरकारी रोजगारमा सहभागी गराउनु पर्ने सुझाव दिनुभएको थियो ।
कपिलवस्तुका प्रमुख सुर्य प्रसाद भुसाल, इन्जिनीयर ऋृषि राम गौतम,सब इन्जिनीयर निरोज यादवको टोलीले विहीवारका दिन जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयको स्थलगत अवलोकन गरेका छन।
अनुगमन टोलीले जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा राष्ट्रीय मदरसा पुस्तकालयका पदाधिकारीहरु संग भेटघाट गरि मदरसा तथा पुस्तकालयलाई थप व्यवस्थित बनाई मुलधारमा ल्याई हालमा लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र रहेका मदरसा तथा धार्मिक पुस्तकालयहरुलाई व्यवस्थित बनाउनको लागि बजेट विनियोजित गरेको समेत बताए ।
राष्ट्रीय मदरसा पुस्तकालयका अध्यक्ष डाकक अब्दुल गनी अलकुफी, जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका प्रवक्ता मौलाना मशहुद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका सदस्य मौलाना जहीर अहमद बरेलवी, कृष्णानगर नगरपालिका उपप्रमुख सल्लाहकार तुफेल आलमले समाजिक विकास डिभिजन कार्यालय कपिलवस्तु प्रमुख सुर्य प्रसाद भुसाल,इन्जिनीयर ऋषिराम गौतम,सब इन्जिनीयर निरोज कुमार यादवलाई स्वागत तथा दोसल्ला ओढ़ाई सम्मानित गरेका छन।
प्रवक्ता खां नेपालीले लुम्बिनी प्रदेशका मुख्यमंत्री, शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्रालयका मंत्री वसिउद्दीन खां लगायत योजना आयोगका पदाधिकारीहरु लाई मुरि मुरि धन्यवाद व्यक्त गर्दै मदरसा तथा पुस्तकालय लाई थप व्यवस्थित बनाई मदसरालाई मुलधारमा ल्याई मुस्लिम समुदायका युवा पिढीलाई अगाडी बढाउनको लागि प्रतिबद्धता समेत व्यक्त गरेका छन।
