पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाकाे ज्यान गयाे

पाल्पा – बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाकाे ज्यान गएकाे छ ।
आगाेमा जलेर ७२ वर्षीया गौकुमारी श्रेष्ठकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा श्रेष्ठकाे ज्यान गएकाे जानकारी दिनुभयाे ।
श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।
Facebook Comments Box
