शिवराजमा श्रीराम महायज्ञ शुभारम्भ आज पहिलो दिन कलश यात्रा

सेयर गर्नुहोस

कपिलवस्तु, माघ २६ गते।
कपिलवस्तुको शिवराज नगरपालिका ८ बिलरहवामा श्रीराम जानकी प्राण प्रतिष्ठा एवम् श्रीराम महायज्ञको आयोजना गरिएको छ। महायज्ञको आज पहिलो दिन कलश पुजन गरी ४००/५०० जनाको सहभागितामा बिलरहवा गाउँ देखि महुलि,मोतिनगर,कोटवा,लक्ष्मणपुर र पटपर गाउँ भएर कलश यात्रा सम्पन्न भएको छ। स्थानीय युवा नेता , बिकाश प्रेमि तथा शिक्षा प्रेमि आनन्द कुमार शुक्ला द्वारा व्यास पुजा गरी शुभ उद्घघाटन गरिएको हो। हाल कोरोना महामारी बाट नेपाल लगायत विश्वका धेरै देशहरु समास्या झेलिरहेका छन्। यस महामारी बाट बच्न र विश्व शान्तिको लागि श्रीराम जानकी प्राण प्रतिष्ठा संगै श्रीराम महायज्ञको आयोजना गरिएको नेता शुक्लाले बताएका हुन्।
महायज्ञ माघ २६ बाट शुभारम्भ भई फाल्गुन १ गते पूर्णाहुति गरी सम्पन्न गरिनेछ, आयोजकले जनाएकाे छ।

Facebook Comments Box