थप १४ संक्रमितको मृत्यु,२४ सय १ मा संक्रमण

सेयर गर्नुहोस

काठमाडौं : देशभर पछिल्लो समय कोरोना संक्रमणबाट थप १४ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई हजार ४ सय एक जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार १६ हजार तीन सय ५६ जनाको कोरोना परीक्षण गरिएको थियो। ७ हजार ७ सय ७७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या घटे पनि मर्नेको संख्या बढिरहेको छ।

Facebook Comments Box