नेकपा एमाले को पालिका बैठक तथा अन्तक्रिया सम्पन्न ।

सेयर गर्नुहोस

कपिलवस्तु –

नेकपा एमाले को पालिका बैठक तथा अन्तर्कृया सम्पन्न भएको छ । क्षेत्र न.३ अन्तर्गत शिवराज,कृष्णनगर र विजयनगर पालिकाहरुको जिल्ला कमिटी सदस्यहरुको बैठक विजयनगर गाउँपालिकाको सभा हल खडैचामा सम्पन्न भएको नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।

 

बैठकले क्षेत्र न.३ अन्तर्गत शिवराज,कृष्णनगर र विजयनगर पालिकाको बैठक फागुन १५ गते भित्र बसी पालिका स्तरीय योजना बनाई जनसंगठनको भेला तथा बैठक बसाल्ने, टोल स्तर भेला गर्ने आइरहेको स्थानीय निर्वाचनलाई मध्य नजर गरि टोल वडा र पालिका स्तरमा मत सर्वेक्षण गर्ने र पालिका स्तर बाट जिल्ला सदस्य हुनु भएकालाई हाल पालिकामा नै काम गर्ने र पार्टी प्रवेश तथा संगठन सुदृढीकरण अभियानलाई शसक्त प्रभावकारी बनाउने र पालिका स्तरमा रहेका कम्तीमा नगर कमिटीको सचिवालय स्तरका पार्टी सदस्यता कार्डको डिजिटल प्रबिधिबाट कायम गर्ने निर्णय गरेको छ ।

 

बैठक विजयनगर गाउँकमिटी को अध्यक्ष थर्क बहादुर खन्गाहा को अध्यक्षता केन्द्रिय कमिटी सदस्य सुशील कुमार श्रीवास्तवको प्रमुख आतिथ्यता केन्द्रिय सल्लाहकार परिषद सदस्य रामलाल काफ्ले र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माको विशिस्ट आतिथ्यतामा कृष्णनगर कमिटी अध्यक्ष सन्दीप मौर्य को स्वागत मन्तव्यमा बैठकको संचालन शिवराज नगरकमिटीको अध्यक्ष जगत पौडेलले गर्नु भएको थियोे ।

Facebook Comments Box