सञ्चारकर्मी खान र व्यापारी नसरुल्लाहको पहलमा निःशुल्क आँखा जाँच शिविर
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा १०को श्री राष्ट्र सेवक आधारभूत (१-५) विद्यालय बकौलीमा भोलि माघ २५ गते मङ्गलवारका दिन निःशुल्क आँखा जाचं शिविर हुन गई रहेको छ।
सञ्चारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति सङ्घ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर हुने छ l
आँखा जाँचको क्रममा छनौट भएका मोतियाबिंद बिरामीहरूलाई छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजमा माघ २६ गते लैजाने व्यवस्था र निःशुल्क आप्रेशन गर्ने कार्य अस्पतालले गर्नेछ भने आवश्यकता अनुसार नजिकको चस्मा लाग्ने बिरामीलाई नि:शुल्क चस्मा पनि उपलब्ध गराउने कुरा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल प्रशासनले जनाएको छ।
Facebook Comments Box
