कुदान मा रहेको शिव मन्दिर जीर्ण अवस्थामा

सेयर गर्नुहोस

धनी राम काेरी
कपिलवस्तु – ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको कपिलवस्तुको कुदान क्षेत्र भित्र रहेको शिव मन्दिर जीर्ण अवस्थामा रहेको छ। कुदान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृहनगर कपिलवस्तु मा आउँदा आफ्नाे मातापिता तथा परिवारसंग भेट गरेको स्थान हाे ।

मन्दिरलाई हेर्दा संरचना धेरै पुरानो रहेको थाहा हुन्छ । दिनप्रतिदिन मन्दिर जीर्ण बन्दै गएको छ तर यसलाई पुन निर्माण र संरक्षण मा कसै काे ध्यान पुगेको छैन ।

हिन्दु युवा शक्ति कपिलवस्तु काे टिम अनुगमन मा गएको बेला मा कुदान क्षेत्र भित्र रहेको शिव मन्दिरकाे अवस्था जीर्ण रहेको हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले बताए । शिव मन्दिर किन जीर्ण बन्दै गएको यश मा किन जनप्रतिनिधि र पदाधिकारी काे ध्यान गएको छैन ।

पाण्डेयले भने कि कुनै पनि ठाउँमा महजिद , गुम्बा र चर्च यस्तो जीर्ण अवस्थामा छैन हाेला तर छ भने त्यहा मानिस छैनन् भने मात्र जीर्ण अवस्थामा हाेला तर जुन ठाउँमा हिन्दु धर्म मन्ने मानिस धेरै रहेको ठाउँमा शिव मन्दिर किन जीर्ण अवस्थामा रहेको छ ।

Facebook Comments Box