सङ्खुवासभामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

सेयर गर्नुहोस

सङ्खुवासभा –
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ सभाखोलामा ‘ब्रेक फेल’ भएर ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश-२–०–३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गोरखा नगरपालिका–४ घरभएका चालक मिलन मग्रातीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार, मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्किने क्रममा आज बिहान करिब ७ बजेतिर ट्रक दुर्घटनामा परेकाे हो ।

मृतकको शव पाेस्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Facebook Comments Box