थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो

सेयर गर्नुहोस

काठमाडौं : बेलायतबाट थप ८ लाख ६२ हजार ८० डोज कोरोना विरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाले दिएको जानकारीअनुसार सोमबार बिहान कतार एयरलाइन्समार्फत उक्त खोप नेपाल आइपुगेको हो।

यो खोप पनि कोभ्याक्स सुविधामार्फत आइपुगेको शाखाले जनाएको छ। उक्त खोपलाई हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिएको बताइएको छ।

Facebook Comments Box