चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गयाे

सेयर गर्नुहोस

रुकुम पश्चिम –
चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गएकाे छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

आज बिहान आफ्नै घर पछाडि बटाला मृत अवस्थामा फेला पर्नु भएको शर्माले बताउनुभयाे। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ ।

Facebook Comments Box