बुटवलमा राेकिराखेकाे ट्रकमा कार ठोक्किँदा तीन जनाको ज्यान गयाे

सेयर गर्नुहोस

रुपन्देही – बुटवलमा राेकिराखेकाे ट्रकमा कार ठोक्किँदा तीन जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन्।

दुर्घटनामा परि २८ वर्षीय सविन चौधरी, २७ वर्षीय गोविन्द चौधरी र २६ वर्षीय नवीन श्रेष्ठको ज्यान गएकाे हाे।

बुटवलकाे तामनगर नजिकै रहेको कोरियन प्रशिक्षण केन्द्रको कार्यालय अगाडि बिग्रिएर रोकिराखेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएकाे हाे ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी मोहन बहादुर खाँडले घाइतेमध्ये २७ वर्षीय भागिरथ चौधरीको अवस्था गम्भीर रहेको जानकारी दिनुभएकाे छ ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेकाे खाँडले जानकारी दिनुभयाे ।

Facebook Comments Box