पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध एमालेका युवाहरूद्वारा बिराेध प्रदर्शन तथा पुतला दहन

सेयर गर्नुहोस

पशुपति गिरी,

पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध युवाहरु बिरोध प्रदर्शन गरेका छन् ।केही समय अगाडि सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मृल्य तत्काल फिर्ता लिन माग गर्र्दै  शनिबार अनेरास्ववियु बुद्वभुमि नगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीका युवाहरुले संयुक्त रुपमा बुद्वभुमिकाे गाेरूसिगे चाेकमा  विरोध प्रदर्शन गरेका हुन् ।

अनेरास्ववियु बुद्वभुमि नगर कमिटीका अध्यक्ष पारस मरासिनी  र राष्ट्रिय युवा संघ नेपाल बुद्वभुमी नगर कमिटीका अध्यक्ष सन्ताेष पाेख्रेलको नेतृत्वमा आयोजना भएको थियाे।

अनेरास्ववियुका विद्यार्थीहरू र युवासंघ बुद्वभुमीका युवाहरूले विरोध प्रदर्शनीमा परमादेशी सरकार मुर्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद, प्रतिक्रियावादी शक्ति मुर्दावाद, सरकार किन चुप ?,२४लाख काेराेना खाेप कहाँ छ, पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता गर
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको भन्दै तत्काल मिति घोषणा   गर लगायतका नाराबाजी गरेका थिए ।
त्यसैगरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा एमाले निकट  संगठनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन समेत गरेको छ ।    राष्ट्रिय युवा संघ नगर कमिटी र अनेरास्ववियु नगर कमिटीले प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् ।उनीहरूले ‘मूल्यवृद्धि फिर्ता ले, परामादेश सरकार राजीनामा दे’ लगाएतका नारा लगायतका थिए । पुतला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मुल्य तत्काल नघटाए चरणबद्ध रुपमा आन्दोलन गर्ने अनेरास्ववियुका कपिलवस्तु  जिल्ला सह-संयाेजक अन्जित खनालले  बताए ।
महामारीको बेलामा सरकारले दैनिक उपभोग्य खाद्य पदार्थहरुमा भइरहेको निरन्तर मृत्यवृद्धि नियन्त्रण गर्नमा कुनै तदारुकता नदेखाएको खनालले  बताए । महामारीको समयमा पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गरेर जनतालाई दुख दिने काम गरेको उनको भनाइ छ ।

अनेरास्ववियु पूर्ण अध्यक्ष विकास आचार्यले सरकारले कोरोना महामारीको बीच मल्यबृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउँदै सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको बताए ।

उक्त कार्यक्रममा अनेरास्ववियुका  पूर्व जिल्ला कमिटी अध्यक्ष तथा बुद्वभुमी वडा न ३ का वडा अध्यक्ष विकास आचार्य,अनेरास्ववियु केन्द्र सदस्य तथा कपिलवस्तु सह-इन्चार्ज इन्दिरा पाैडेल,अनेरास्ववियु जिल्ला संयाेजक दयाराम पाैडेल,अनेरास्ववियु जिल्ला सह-इन्चार्ज अन्जित खनाल,अनेरास्ववियु जिल्ला सचिवालय सदस्य सन्दिप आचार्य
लगायतका युवाहरूको उपस्थिति रहेको थियाे त्यसैगरी  राष्ट्रिय  युवा संघका सन्ताेष पाेख्रेल लगायतका युवाहरूले  विभिन्न नारा लगाउदै  मूल्यबृद्धिको बिरुद्धमा चर्को नाराबाजी गरेका थिए ।

Facebook Comments Box