बाँकेमा चट्याङ लागेर एक जनाको मृत्यु , चट्याङबाट आगलागी हुँदा २१ लाख बराबरको धनमाल नष्ट

सेयर गर्नुहोस

नेपालगंज २१ माघ –बाँकेमा चट्याङ लागेर गएराति एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका– ५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो ।

Facebook Comments Box