संविधान सभा सदस्य डा. दुमन सिंह थापाकाे निधन

सेयर गर्नुहोस

अर्घाखाँची – संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता डा. दुमन सिंह थापाकाे निधन भएकाे छ।

डा.थापाकाे ६२ वर्षको उमेरमा ह्याम्स अस्पताल काठमाण्डौमा हिजाे बेलुका निधन भएको हो ।

थापाले केही समयअघि दुई वटै मिर्गौला प्रत्यारोपण गराउनु भएकाे थियाे ।

उहाँ नेकपा एमालेबाट अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।

नेकपा एमाले विभाजनपछि थापा नेकपा एकीकृत समाजवादीमा हुनुहुन्थ्याे ।

Facebook Comments Box