वडा स्तरिय बाल आधिकार समितिका लागि गुनासो सुनुवाई संयन्त्र गठन

शत्रुघन खरविन्द
कपिलवस्तु, बुद्धभुमि नगरपालिका वडा नम्बर १० मा आज तीन सदस्य वडा स्तरिय बाल आधिकार समितिका लागि गुनासो सुनुवाई संयन्त्र गठन भएको छ । समितिमा बुद्धभुमी नगरपालिका वडा नम्बर १० का वडा सदस्य त्रिभूवन कुर्मी सयोजक रहेको समितिमा गिता कुमारी चौधारी र विरेन्द्र खरविन्द सदस्य रहेका छन । गठित ३ सदस्य समितिले वडा भित्र रहेका ईट्ट भट्टामा काम गर्ने बालबालिकाको निगरानी गर्ने , तथ्याङ्क संकलन गर्ने , शिक्षामा सहयोग गर्ने लगायत कार्य गर्ने दलित मानव अधिकार निगरानी समिति अध्यक्ष मिना परियारले जनकारी दिनुभएको छ । कपिलवस्तु जिल्लाको महाराजगन्ज र शिवराज नगरपालिका भित्र समिति गठन भाइसकेको कुरा परियारले बताएकी छिन् ।
ईट्ट भट्टामा काम गर्ने , गरिबी र आमा बुवा गुमएका बालबालिका लगायत होटल,रष्टिरेन्टमा काम गर्ने , शिक्षाबाट टाढा रहेका वा जोखिम रहेका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न बुद्धभुमि नगरपालिका १० नम्बर वडा कार्यालय धनकौली प्रतिबद्धा रहेको वडा अध्यक्ष सन्दीप कुमार पाण्डेयले बताउनु भएको छ ।
बुद्धभुमि नगरपालिका १० नम्बर वडा कार्यालयका वडा अध्यक्ष सन्दीप कुमार पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा, वडा सदस्य, विद्यालयका शिक्षाक , स्वास्थ्य स्वययसेवीक,रामघाट कृषक समुहका प्रतिनिधि , बालक्लबका प्रतिनिधि ,पत्रकार लगयतको उपास्थति रहेको थियो ।
कार्यक्रम दलित मानव अधिकार निगरानी समिति र विश्व शिक्षा द्धारा संचालीत सक्रीय परियोजना मार्फत संचालीत वडा स्तरिय बाल आधिकार समितिका लागि गुनासो सुनुवाई संयन्त्र गठन तथा अभिमुखीकरण कार्यक्रमको सहयोगमा भएको थियो । कार्यक्रमको संचलन दलित मानव अधिकार निगरानी समितिका निर्मला मरुतरा थापाले गरेकी थिइन् ।
