सर्लाहीमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते

सेयर गर्नुहोस

सर्लाही – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

भैरहवाबाट विराटनगर जाँदै गरेकाे  लु २ ख ४७५७ नम्बरको यात्रु बस आज बिहान हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका रुपन्देही जिल्ला श्रीकटन गाउँपालिका-१२ की २५ वर्षीया कृतिका चौधरी र चितवन जिल्ला खैरहनी नगरपालिका-७ का ३६ वर्षीय पसुराम फुयाँललाई उपचार लागि वीरगञ्ज र भरतपुर  पठाइएकाे छ । घाइते भएकामध्ये धेरैको हात खुट्टा भाँचिएको प्रहरीले जनाएकाे छ।

सामान्य घाइते भएकाहरुको भने हरिवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments Box