कोइलाबास नाकाबाट भरुवा बन्दुक बरामद

दाङ- भारतसँग जोडिएको सीमावर्ती क्षेत्र दाङको कोइलाबास नाकाबाट अवैध हतियार बरामद गरिएको छ ।
गढवा गाउँपालिका-८ दुर्गा सामुदायिक वन भालुखोला सीमावर्ती क्षेत्रबाट एकनाल भरूवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सशस्त्र प्रहरी बलले गस्तीले गर्नेक्रममा रूखको फेदमुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक बरामद गरेको हो।बरामद गरिएको उक्त हतियार विभिन्न किसिमको चोरीपैठारी, वन्यजन्तुको तस्करी तथा अपराधीक क्रियाकलापमा प्रयोग हुन सक्ने प्रहरीले जनाएको छ ।बरामद गरिएको अवैध हतियार सीमा प्रहरी चौकी कोइलाबासलाई बुझाइएको छ ।
Facebook Comments Box
