डोटी अस्पतालका कार्यालय सहयोगी मृत फेल

सेयर गर्नुहोस

डोटी – जिल्ला अस्पताल डोटीका कार्यालय सहयोगी मृत फेला परेका छन् ।

दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला पर्नुभएकाे जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिनुभयो ।

कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा आज बिहान मृतावस्थामा फेला पर्नुभएकाे भाटले बताउनु भयाे ।

उहाँको शव जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।

Facebook Comments Box