जीवन उपयोगी शिक्षा कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

गोपाल बन्जाडे, चन्द्रौटा ।

चेम्बर अफ कमर्स कपिलवस्तुकाे आयाेजनामा जीवन उपयोगी शिक्षा कार्यक्रम चन्द्रौटामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले मानव जीवनमा सुख शान्ति प्राप्तिका लागि  अरुलाई भन्दा स्वयं आफै भित्र रहेको शक्ति प्राणबायुकाे सकरात्मक परिचालन गर्न सके मानव जीवन सदा सफल हुने जिकिर गर्नुभयो ।

यस्ता खालका कार्यक्रमले मानव जीवनमा गर्न‌ैपर्ने संस्कार सिकाउने जीवनमा के गर्ने के नगर्ने जस्ता महत्त्वपूर्ण बिषयमा प्रशिक्षण आयोजना गरेकोमा चेम्बर अफ कमर्स कपिलवस्तुलाई बिशेष धन्यवाद दिदै यस्ता खालका कार्यक्रममा उत्साहजनक उपस्थिति हुनु राम्रो कुरा भएको बताउनुभयो । त्यसैगरी शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले जीवनमा सुखशान्ति अमनचयन मानव जीवनकाे अति आवश्यक रहेको हुनाले त्यसलाई सही व्यवस्थापन गरे मानव जीवन सरल तरिकाबाट जिउन सकिने बताउनुभयो ।

अन्तर्राष्ट्रिय ख्याति प्राप्त  राजयाेग प्रशिक्षक ब्रम्हकुमार राजु घलेले  आध्यात्मिक ज्ञानकाे अभावमा मानव जीवन भताभुङ्ग भएको समेत जानकारी दिनुभयाे  । अहिले मानव जीवनमा रहनसहन खानपान आदीका कारणबाट विभिन्न राेगहरु उत्पन्न भएको आफैं भित्रको शक्तिलाई समयमा उपयोग गर्न नजान्दा मानव जीवन खतरामा रहेको जिकिर समेत गर्नुभयो । उहाँले  मानव समाजले अनुशासन र नैतिकताकाे बाटाेमा लाग्न अति जरुरी भएकोले राजयाेग (ध्यान)ले  हाम्रो चरित्र निर्माण गर्नुका साथै आधात्मिक ज्ञानकाे विकास गर्ने भएकोले वर्तमान समयमा याे अति जरुरी भएको उल्लेख गर्नुभयो  ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तु शाखा सभापति बिष्णु प्रसाद खतिवडा ,सगरमाथा सिकाई केन्द्रका अध्यक्ष बिष्णु प्रसाद अधिकारी,संजीवनी सामुदायिक अस्पताल अध्यक्ष टाेपलाल पाेखरेल, ब्रम्हकुमारी ईश्वरीय विश्व बिद्यालय राजयाेग प्रशिक्षण सेवा केन्द्र चार नम्बर कपिलवस्तुका संचालिका राधिका दिदी ,ब्रम्हकुकारी ईश्वरीय बिश्व बिद्यालय राजयाेग प्रशिक्षण केन्द्र चन्द्रौटा कपिलवस्तुकी  संचालिका ब्रम्हकुमारी गिता दिदी, हाेटल तथा रेष्टुरेन्ट व्यावसायी संघ शिवराज अध्यक्ष बिष्णु पाेखरेल , मत्सय व्यावसायी संघ जिल्ला उपाध्यक्ष बसन्त बेल्वासे लगायतले जीवन उपयोगी शिक्षाका बिविध बिषयमा बाेल्दै मानव जीवनमा सुखशान्ति अपरिहार्यता भएको उल्लेख गरेका थिए ।

कार्यक्रम चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पाेखरेलकाे अध्यक्षता ,उपाध्यक्ष प्रेमकला पौडेलको संयाेजन तथा महासचिव गाेपाल बन्जाडेकाे संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

Facebook Comments Box