तिनाउ नदीमा दुई दिनमा भेटियो तीन जनाको शव

सेयर गर्नुहोस

बुटवल ।
पछिल्लो समय तिनाउ नदीमा शव फेला पर्ने क्रम: बढेको छ।

मंगलबार र बुधबार गरी तीन जनाको शव तिनाउ नदीमा फेला परेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान रूपन्देहीको देवदहमा महिला र बालिकाको शव फेला परेको थियो। उनीहरूको पहिचान खुलेको छैन।

रूपन्देहीसँग जोडिएको पाल्पा तिनाउ गाउँपालिका ३ को विद्युत् गृहको ड्यामनजिकै तिनाउ नदीमा अर्की एक महिलाको शव बुधबार फेला परेको छ। करिब ६० वर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता लक्ष्मण पचभैयाका अनुसार नदीमा शव फेला परे पनि पहिचान हुन सकेको छैन।

पानीभित्र शव देखेपछि स्थानीयले खबर गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

साथै बुधबार रुपन्देहीको सैनामैनामा पनि एक पुरुष मृत फेला परेका थिए। उनको पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ।

देवदह घोडाह जङ्गलमा मंगलबार फेला परेका महिला र बालिकाको शवको अहिलेसम्म पहिचान हुन सकेको छैन।

देवदह नगरपालिका वडा नम्बर ९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फको जंगलमा अन्दाजी ३५ वर्षकी महिला र करिब ७ वर्षकी बालिकाको शव फेला परेको थियो।

शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। पछिल्लो समय बुटवल आसपासका क्षेत्रमा दैनिकजसो शव फेला पर्न थालेका छन्।

Facebook Comments Box