अनलाइनबाट जुवा खेलाइरहेकाे अवस्थामा ठमेलबाट एक नेपाली र एक भारतीय नागरिक पक्राउ

सेयर गर्नुहोस

काठमाण्डाै –
अनलाइनबाट जुवा खेलाइरहेको अवस्थामा काठमाण्डौको ठमेलबाट दुई जना पक्राउ परेका छन् ।

ठमेलको ठमेल होस्टलमा अनलाइनबाट जुवा खेलाइरहेको सूचनापछि छापा मारेर बाग्लुङका राकेशकुमार क्षेत्री र भारतको नयाँ दिल्लीका जसपाल सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट नगद एक लाख ५५ हजार, विभिन्न बैंकका चेक, र रेमिट्यान्सबापतको २९ लाख २५ हजार रुपैयाँ रकम बरामद गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

अनलाइन जुवा खेलाउने गिरोह नै रहेको शङ्कामा प्रहरीले उनिहरूमाथि अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box