आयोगद्वारा कपिलवस्तुको गड्डाघाट सिचाई आयोजनाको अनुगमन

सेयर गर्नुहोस

 

सनिउल्ला धोबी- लुम्बिनी प्रदेश सरकार योजना आयोगको टोली कपिलवस्तुको गड्डाघाट सिचाई आयोजनाको अनुगमन गरेको छ ।

आयोगका सदस्य डा. दमोदर भुसाल, शिव पुजन यादव, विष्णु माया थापा, योजना आयोजनाको अधिकृत सकुन्तला अर्याल, इन्जिनियर राज कुमार चौधरी, जसपाका नेता राम निवास पुरी, स्थानीय पत्रकार लगायतको टोलीले गड्डाघाटको अनुगमनको गरेको जनाएको छ ।
योजना आयोगले यश क्षेत्रमा अनुगमन गर्नु यस क्षेत्रको लागि सबल पक्ष भएको जसपा लुम्बिनी प्रदेश सदस्य तथा कपिलवस्तुका समाजसेवी रहिश शाहले बताउनु भयो ।

कपिलवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाका खेतीयोग्य जमिन सिचाई गर्न गड्डाघाट सिचाई आयोजनाको सुरुवात गर्न अनुगनम गरिएको आयोगका सद्स्य शिवपुजन यादवले जानकारी दिनुभयो ।

रु १५ करोड ४८ लाख को लागतमा सम्पन्न हुने योजनाको गत बर्ष डिपिआर समेत भैसकेको छ ।

यस आर्थिक बर्षमा रु २ करोड ५० लाख रकम प्रदेश सरकारद्वारा बिनियोजित भएको सिचाई डिभिजन कार्यालय कपिलवस्तु तौलिहवाले न्युज सेन्टर नेपाललाई जनाएको छ ।

बहुबर्षिय योजना रहेकोले अब केही महिनामा योजनाको निर्माणकार्य सुरुहुने इन्जिनियर राज कुमार चौधरीले बताउनुभयो।

Facebook Comments Box