अपाङ्गता भएकाहरुलाई लक्षित गर्दै बसपार्कमा चढ्ने र ओराल्ने ठाउँ ताेकियाे
काठमाण्डाै – काठमाण्डौमा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक गाडीमा ओहोरदोहोरमा सजिलो हा्स् भन्ने उदेश्यले चढ्ने र ओराल्ने ठाउँ तोकिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणमा काठमाण्डौको पुरानो बसपार्कमा यस्तो ठाउँ तोकिदिएको हो ।
अपाङ्गता भएकाहरुलाई ओहोरदोहोरमा सहज बनाउन अझै यस्ता सुविधा थप्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो।
महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ ।
Facebook Comments Box

